पूर्णपुष्टि, कार्तिक १८
प्रतिनिधि सभा सदस्य उदयपुरका उम्मेदवार हरि बुढाथोकीले उदयपुरका जनताहरु अब सचेत हुनु पर्ने जनाउनुभएको छ । उदयपुर क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र राजनितिक शक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका बुढाथोकीले उदयपुरे जनताहरुलाई ठुला दलहरुले बाराम्वार झुक्याईरहेको जनाउनुभयो । उहाँले हरेक चुनावको बेला अपुरो कामलाई आश्वासन देखाएर भोट मागिरहेको आरोप लगाउनु भएको छ । बुढाथोकीले ठुला दलहरुलाई प्रश्न गर्दै भन्नु भयो,“ प्रत्येक चुनावमा खाली त्यहि एउटा अपुरो सभाहल र एयरपोर्ट देखाउँदै भोट माग्न लाज लाग्दैन ? फेरी जनतालाई त्यहि एउटा सभाहल र एयरपोर्ट मात्रै चाहिएको होर ? यहाँ तल्लो स्थरका जनताहरुलाई आधारभूत आवश्यकताको परिपुर्ति सम्बन्धि खै ऐजेन्डा ? उहाँको प्रश्न थियो ।

ठुला दलहरु जनताको नेता नभई दलालहरु र पुँजीपती सासकहरु रहेको समेत आरोप लगाउनुभयो । कहिले थालनी नभएको विमानस्थल र कहिले सम्पन्न नभएको सभाहलको नाममा ठुला दलहरुले पटकपटक जनताहरुलाई झुक्याउँदै भोट भन्दै त्यस्ता अपुरो काममा नअल्झीन जनताहरुलाई सुझाव समेत दिनुभयो । फेरी यहि अपुरो कामको नाममा जनताहरुले भोट दिए चुनाव पछि काम थाति रहने र अर्को चुनावको एजेन्डा बन्ने जनाउनुभयो ।
यसका लागि अब जनता धरान र काठमाण्डौँका जस्तै सचेत बन्नु पर्ने जनाउनुभयो । आफुहरुको घोषणा पत्रमा ठुला आश्वासन भन्दा पनि सबै भन्दा पहिले भ्रष्टचार न्युनिकरण गरी जनताको साना आधारभूत आवश्यकता सँगै अत्याअवश्यक कुराहरु शिक्षा स्वास्थ्यलाई जोड दिएर अघी बढ्ने उल्लेख रहेको जनाए । आफुहरुले गर्न नसक्ने र असम्भावनाका कुराहरु उल्लेख नगरेको र जनतालाई प्रत्यक्ष आवश्यता परिपुर्ति गर्ने कुराहरु मात्र समेटिएको जनाउनुभयो । अब जनताले भोट भदले अवस्था आफै बदलीने भन्दै त्यसको नेतृत्वमा आफुहरुलाई पुराउन आफुहरुलाई भोट हाल्न अनुरोध गर्नुभयो । उहाँले धरानमा हर्क र काठमाण्डौँमा बालेन ले झै काम गर्न ठुलो दल नभई जनताको मर्म बुझ्ने आफुहरु जस्तालाई जितउनु पर्ने सुझाउनुभयो ।
