
पूर्णपुष्टि, भदौ १२ । उदयपुरमा डेंगु संक्रमित एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–७ सिखर गाउँकी २४ बर्षीय सुमित्रा मगर रहेको गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए ।
सोमबार डेंगी संक्रमित २५ दिने सुत्केरी सुमित्राको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । साउन यता जिल्लामा ९११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।