
पूर्णपुष्टि, भदौ १६
उदयपुरमा आज (बुधबार) थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिका–११ का २२ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार कोरोनालाई जितेर थप २० जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५०० महिला र १ हजार ७७१ पुरुष गरी कुल ३ हजार २७१ जना पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५० महिला र ५१ पुरुष गरी कुल १०१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
