
पूणर्पुष्टि, भदौ १७
उदयपुरमा कार्यरत प्रहरी हवल्दार रमेश कुमार राई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् ।
उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला स्थित कार्यरत राई उदयपुर उदयपुर जिल्लामा साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । राईले प्रहरीको काम कर्तव्यलाई पालना गरी प्रहरीको जिम्मेवार र छविलाई उच्च बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले उत्कृष्ट प्रहरी घोषित गरेका हुन् ।
राईले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनु पुराएको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
राईले विभिन्न अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादी, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी लगायत अन्य अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूणर् भुमिका खेलेको उल्लेख गरिएको छ ।
प्रहरीको निति नियमको आधारमा आफ्नो कर्तव्य पालना गरेको र आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाएको जिल्ला प्रहरी कर्यालय उदयपुरले जनाए । राईको कर्य सम्पादन प्रति जिल्ला प्रहरी कर्यालयले उच्च मुल्याङकन गर्दै २०७८ साल श्रावण “महिनाको उत्कृष्ट प्रहरी” गरेको उदयपुर प्रहरी प्रमुख सुवास चन्द्र बोहोराले जनाएको छ ।
