
पूणर्पुष्टि, भदौ १७
उदयपुरमा गएराति परेको अविरल बर्षा सँगैको चट्याङले लागेर एक वालकको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीका १४ बर्षिय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार साँझ ७ बजेकोे समयमा घर नजिकैको चौरीमा खेलेर घर फर्कदैँ गरेको अवस्थामा चट्याङ लागेर अचेत अवस्थामा रहेको बालकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको बेलुका पौने ९ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
केहिदिन देखि लगतार बर्षा परिरहेको र बुधबार चट्याङ सहितको बर्षा परेको थियो । साँझ बाटनै झरी र चट्याङ परिरहेको अवस्थामा चट्याङले बालल ज्यान लिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
