
पूर्णपुष्टि, जेष्ठ २३
उदयपुरमा आज (आइतबार) थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा मृतकको संख्या ४४ पुगेको छ । आज मृत्यु हुनेमा त्रियुगा र चौदण्डीगढी नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिाका वडा नं. १३ का ३९ वर्षीय पुरुष र चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
पछिल्लो समय जिल्लामा संक्रमण दर घट्न थालेको छ । आज थप ९ पुरुष र ४ महिला गरी थप १३ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यङकमा उल्लेख छ । थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलकाका रहेका छन् ।
त्रियुगामा ५ पुरुष र ३ महिला गरी ८, कटारीमा ३ पुरुष र १ महिला गरी ४ र बेलकामा १ महिला गरी १३ जनामा संक्रण पुष्टि भएको हो ।
कोरोना निको हुनेको संख्या १ सय ८६ पुरुष र १ सय ४२ महिला गरी ३ सय २८ पुगेको छ । अहिलेसम्म जिल्लाभरी ६ सय २३ महिला र ५ सय ८ महिला गरी १ हजार १ सय ३१ सक्रिय संक्रमित रहेका छन् ।
