Tuesday, April 21News That Matters

उदयपुरमा थप ३३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,८३६ पुग्यो

पूर्णपुष्टि, साउन ११

उदयपुरमा आज (सोमबार) थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २१ पुरुष र १२ जना महिला गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८३६ जना पुगेको छ ।

आज थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै ताप्ली गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्रियुगामा १० पुरुष र ४ महिला गरी १४ जना, बेलकामा ३ पुरुष र ५ महिला गरी ८ जना, चौदण्डीगढीमा २ पुरुष र २ महिला गरी ४ जना, कटारीमा २ पुरुष र १ महिला गरी ३ जना र ताप्लीमा ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ३७६ पुरुष र १ हजार १८५ महिला गरी २ हजार ५६१ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १२३ पुरुष र १०० महिला गरी २२३ जना रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३६ पुरुष र १६ महिला गरी ५२ जना रहेका छन् ।