Sunday, June 21News That Matters

उदयपुरमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३६१ पुग्यो

पूर्णपुष्टि, वैशाख ३१ 

उदयपुरमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा  संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् ।

त्रियुगा नगरपालिकामा ४ जना महिला र १७ जना पुरुष गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ३ जना महिला र ८ जना पुरुषसहित ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

त्येसैगरी बेलका नगरपलिकामा ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ भने लिम्चुङबुङ गाउँपालिकामा ४ महिला र ३ पुरुषसहित ७ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा ४ जना पुरुष र उदयपुरगढी गाउँपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुनेको संख्या पनि शुन्य रहेको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङकअनुसार हिजो सम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ र निको हुनेको संख्या ४ हरेको छ ।