
पूर्णपुष्टि, पौष २६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित श्री बसन्तपञ्चमी सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान दाउरा काट्न गएकी एक महिलाको सुकेको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा बस्ने हाङबजारकी ४२ बर्षीया नमिता राई रहेको प्रहरीले जनाएको छ ।
दाउराको लागि सुकेको रुख ढाल्नेक्रममा त्यही रुखको हाँगा उछिटिएर लाग्दा उनि घाइते भएकी थिईन् । घटना लगत्तै उपचारको लागि नगर अस्पताल बेल्टार ल्याइएको उनको उपचारको क्रममा मृत्यु भएको उक्त सामुदायिक वनका अध्यक्ष झप्पुराम राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
