
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ नेपालटार स्थित संगम चोक नजिकबाट दुई थान बरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय सन्तोष मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहिबार दिउँसो गाईघाटदेखि नेपालटार तर्फ जादै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल चेकजाचको क्रममा लुकाएर लादै गरेको अबस्थामा एक नाल लोड तयारी र अर्को बट र नाल छुट्टाछुट्टै पुर्ण रूपमा तयारी नभएको अबस्थामा भरुवा बन्दुक बरामद गरिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको कार्कीले बताए ।