Friday, May 1News That Matters

उदयपुरमा धान रोपाई सुस्त

पूर्णपुष्टि, असार २१ । उदयपुर जिल्लामा यस वर्षको धान रोपाई कार्य अपेक्षाकृत सुस्त गतिमा अगाडि बढिरहेको छ। कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवका अनुसार असार महिनाको तेस्रो हप्तासम्म जिल्लाभर जम्मा २८।६२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ।

स्थानीय तहअनुसार रोपाईको प्रगतिमा व्यापक भिन्नता देखिएको छ। ताप्ली गाउँपालिकामा सबैभन्दा बढी ४७ प्रतिशत रोपाई भएको छ भने लिम्चुङबुङ गाउँपालिकामा मात्र ७ प्रतिशत रोपाई सम्पन्न भएको छ। उदयपुर जिल्लामा कुल १३,३८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिने गरेको छ। यादवले किसानहरूलाई कुनै समस्या परेमा कृषि ज्ञान केन्द्र उदयपुरमा सम्पर्क गर्न आग्रह गरेका छन्। रोपाईको यो सुस्त गतिले यस वर्षको धान उत्पादनमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।