
पूर्णपष्टि, जेष्ठ १२ ।
उदयपुरको कटारीमा आफ्नै नातीले हजुरआमाको हत्या गरेको छ । कटारी नगरपालिका ७ रिस्कु स्थित नातीले हजुरआमाको घाँटी रेटी हत्या गरेका हो । हजुरआमाको नाममा रहेको जिउनी जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दवाव दिएको र हजुरआमाले नमानेपछि विहान करिव ६ बजेको समयमा खुकुरी प्रहार गरि हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले जानकारी दिनुभयो ।
घरजग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले कटारी प्रहरीले जनाएको छ ।
नाती रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यलय कटारीमा छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यलय कटारीमा राखेको छ ।
