Friday, June 5News That Matters

उदयपुरमा निर्वाचनको तयारी पुरा

पूर्णपुष्टि, बैशाख २२
उदयपुरमा निर्वाचनको तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृत खनालले जिल्लामा निर्वाचनको तयारी पुरा भैसकेको बताउनु भएको छ । जिल्लामा निर्वाचनको लागि आवश्यक सम्पुर्ण कार्य मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले सम्पन्न गरिसकेको जानकारी खनालले दिनुभएको हो ।

उदयपुरमा निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिदैँ मुख्य निर्वाचन अधिकृत खनालले भन्नुभयो “जिल्लामा आचारसंहिता पालनाको अवस्था राम्रो देखिएको छ । अझ लिम्चुङ्गबुङ गाउँपालिकामा आचारसंहिता पालनाको अवस्था धेरै राम्रो छ ।”

उदयपुरमा आजसम्म आचारसंहिता उल्लघन भयो भनेर लिखित उजुरी नपरेको तर केही स्थानमा आचारसंहिता उल्लघन भएको भनि मौखिक उजुरी आएको जानकारी कार्यालयले दिएको छ । आचारसंहिता उल्लघनका उजुरी आउनसाथ प्रहरीको सहयोगमा त्यस्ता घटना रोकिएको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।