Tuesday, May 5News That Matters

उदयपुरमा पछिल्लो एक बर्षमा सवारी दुर्घटनाबाट ३४ को मृत्यु ,७२ जना गम्भिर

पूर्णपुष्टि,असार १९ । उदयपुरमा पछिल्लो एक वर्षको अवधिमा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ । मंलवार त्रियुगा बसपर्कमा आयोजित ट्राफिक सप्ताह कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार १ सय ७७ सवारी दुर्घटनामा ३४ को मृत्यु र ७२ जना गम्भिर घाईते र २६० जना सामान्य घाईते भएको तथ्यांकमा उल्लेख छ ।

जम्मा २३० सवारी संलग्न रहेकोमा हाल सम्मको दुर्घटनामा २८ पुरुष, ४ महिला १ बालिका र १ बालक सहित ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले बताए । उस्तै सवारी दुर्घटनाबाट ४८ महिला १४ पुरुष ८ बालक र २ बालिका सहित ७२ जना गम्भीर घाईते भएका छन् । यता १७१ पुरुष ६७ महिला ७ बालक र १५ बालिका गरी २६० जना सामान्य घाईते भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो ।

सवारी सञ्चालनको क्रममा सामान्य तथा गम्भीर तृटिहरुको करण सडक सवारी दुर्घटना बढ्दो देखिएकोले यसलाई न्युनीकरण गर्नुपर्ने प्रमुख फुयलले जोड दिईएको छ । यसै विच चालु आर्थिक बर्षको असार १७ गते सम्ममा उदयपुरमा २५ हजार २ सय ८६ सवारी साधनले ट्राफिक नियम उल्लघन गरे वापत एक करोड ७३ लाख ७३ हजार जरिवना स्वरुप राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।