Thursday, June 11News That Matters

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमित, त्रियुगाको मात्रै ७० जना, १ को मृत्यु

पूर्णपुष्टि, जेष्ठ १४

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो समय ४२ पुरुष र ३६ महिला गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

थप भएकाहरु त्रिनपा, उदयपुरगढी, बेलका र चौदण्डीकाहरु छन् । स्वास्थ्य कार्यालयका अनुसार आज प्राय सबै त्रियुगाकै रहेको छ । ७८ जना संक्रमितहरु मध्ये त्रियुगाको सबै भन्दा बढी ७० जना रहेको छ । बाँकी ८ जना बेलकाको ५, चौदण्डीको २ र उदयपुरगढीको १ जना रहेको छ । यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ११०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा उदयपुरमा १ जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका २ का ६५ बर्षिय पुरुष रहेको छ । उनको बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो । यो सँगै जिल्लामा मृतकको संख्या ३१ पुगेको छ । यसैगरी निको हुनेको संख्या २०८ छ ।