
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरमा पत्रकारिता आचारसंहिता तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने अनुशिक्षण तालिम आजदेखी सुरु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा अनुशिक्षण तालिम संचालन गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अनुशिक्षण तालिममा प्रशिक्षक वरिष्ठ पत्रकार कौशल चेम्जोङ र अर्का प्रशिक्षक पत्रकार डा. विजय प्रसाद मिश्रले पत्रकारिता आचार संहिता, खोज पत्रकारीता एआई लगाएत विषयको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत, उपप्रमुख महेश्वरी राई लगायत जिल्लाका सबै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
