Thursday, June 11News That Matters

उदयपुरमा पनि कोरा साईकलिङ च्यालेन्ज भव्य रुपमा सम्पन्न

पूर्णपुष्टि, असार ३२
नेपाल भरी प्रत्ये बर्षको एकै समयमा मनाईने कोरा साईकलिङ च्यालेन्ज देशभर मनाईएको छ । यसै अवसरमा उदयपुरमा पनि उदयपुर कोरा साईकलिङ च्यालेन्ज २०२२ शनिवार भव्य रुपमा मनाईएको छ । उदयपुर जिल्ला साईकलिङ सँघको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा गाईघाटमा पनि उक्त कार्यक्रम सम्पन्न गराईएको हो ।

संघका अध्यक्ष जितु रोईलाका अनुसार बिहान ७ बजे नगर प्रमुख वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले कार्यक्रमको संयुक्त उद्घाटन गरेका थिए । गाईघाट देखी मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, कालिखोला, मुर्कुचि, सुकौरा, भाण्टावारी, राजवास हुँदै गाइ्र्रघाटमा कार्यक्रम सम्पन्न भएको रोईलाले जनाउनुभयो ।

करिब ५० किलोमिटर कोरा च्यालेन्ज पछि गाईघाटमा यसको समापन गरिएको रोईलाले जनाउनुभयो । कोरा च्यालेन्जमा सहभागीहरुलाई १६ नं वडाअध्यक्ष मान वहादुर राईले सुकौरामा भव्य स्वागत तथा सम्मान समेत गरेका थिए । साईकलिङको बिभिन्न महत्व र फाईदा वारे यस कार्यक्रमले सबैलाई सचेत गराउने आयोजकले जनाएको छ । बढ्दो तेलको मुल्य लगायत स्वास्थयमा समेत साईकलिङले फाईदा पुराउँदै आएको भन्दै यस्तो कार्यक्रमहरुले महत्वपूर्ण रहेको आयोजकको भनाई छ ।