Monday, April 20News That Matters

उदयपुरमा पनि रुकुम हत्याकाण्डको विरोध, दोषिहरुलाई कडा कार्वाहिको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र

पूणर्पुष्टि, जेष्ठ, १६

पश्चिम रुकुममा जातिय बिवाहको नाउँमा भएको सामुहिक हत्याको आरोपमा उदयपुरमा पनि विरोध जनाइएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतिमा भएको जातिय हिंसा घटनाको विरोध गर्दै उदयपुरमा यसको विरोध गरिएको हो ।

जाजरकोटको भेरी नगरपालका ४ का नवराज विक सहित उनका साथिहरुको सामुहिक हत्यामा संलग्न सबैलाई कडा कार्वाहिको माग राख्दै दलित अधिकार संञ्जाल उदयपुर र संयुक्त राजनैतिक दलित संघर्ष समिति उदयपुरले विरोध जनाएको हो ।

रुकुम हत्याकाण्डका पिडितलाई न्याय दे, अन्र्तजातिय बिबाहको कारण दलितको हत्या कहिले सम्म, दलित माथी हुने सबै प्रकारको भेदभाव विरुद्द हाम्रो आन्दोलन जारी छ, रुकुम घटनाको निष्पक्ष छानविन गर, दलित मैत्री संविधान र कानुनको कार्यन्वयन गर, मानव अधिकारको रक्षा गर, रुकुम हत्याकाण्ड घाइतहरुको उपचार गर, पश्चिम रुकुमको चौरजहारी घटनाको दोषीलाई हदै सम्मको कार्वाही गर र वेपत्ताको खोजी गर भन्ने नाराका साथ उदयपुरमा पनि यसको चर्को विरोध भएको हो ।

समितिले जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत सत्यतथ्य छानविन गरी दोषिहरुलाई हदै सम्मको कार्वाहि हुनु पर्ने माग राख्दै प्रधान्मन्त्रि समक्ष शुक्रबार २ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा चौरजहारी घटनामा हत्या भएका वेपत्ता र घाइते सबै व्यक्तिहरुको परिवारलाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।

हत्याको सत्यतथ्य छानविनको लागि उच्चस्थरिय संम्सदिय समितिको निर्माण गरेर वास्ताविकता बाहिर ल्याउन समेत सरकारलाई ध्यानाकर्षण गराएको छ । समितिले यसको सत्यतत्य छानविन र दोषिलाई कडा कर्वाहि नगरी ढाक छोप गरी उन्मुक्ति दिने काम गरेमा देशभरका उत्पिडत दलित समुदाय कडा आन्दोलनमा उत्रिने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

समितिले यस घटनालाई लिएर सरकारको पिडित मैत्रि व्यवहार एवम् दलित समुदायमाथि हुने सबै खाले विभेद, अपमान, शोषण, र दमनको अन्त्यको लागि अझै प्रभावकारी पहल कदको पनि अपेक्षा गरिएको छ ।

विरोधमा दलित अधिकार संञ्जाल, संयुक्त राजनैतिक दलित संघर्ष समिति, दलित महिला संघ, दलित संघ, नेपाल दलित मुक्ति संगठन, नेपाल दलित मुक्ति मोर्चा, जिल्लाका दलित अगुवा, लगाएत मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरु सहितको हस्तक्षर गरी विरोध सँगै ज्ञापन पत्र बुझाइएको छ ।

तस्विरहरु