Monday, April 20News That Matters

कर्मचारीबाट वडाअध्यक्ष कुटपिट

पूणर्पुष्टि, जेष्ठ, १६

डडेल्धुरामा एक वडा अध्यक्ष सरकारी कर्मचारी बाट कुटिएका छन् ।  भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष माथि हातपात भएको हो । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका-१० का वडाध्यक्ष विष्णु भट्टमाथि कर्मचारी बाट हातपात भएको हो ।

बुडाली घर भएका भइ हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ ।