Monday, April 20News That Matters

कपिलवस्तु र रुपन्देहिमा थप १६ जना संक्रमित फेला पर्यो

पूणर्पुष्टि, जेष्ठ, १५

कपिलवस्तु र रुपन्देहीमा थप १६ जना कोरोना संक्रमित थपिएको छ । कपिलवस्तुमा १५ जना र रुपन्देहीमा १ जना गरी १६ जना थपिएको हो ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।