
पूणर्पुष्टि, जेष्ठ, १५
भारत बाट नेपाल फर्कने क्रममा बाटैमा मृत्यु भएको अर्घाखाँचीको भुमकिास्थान नगरपालकिा(९ का युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ती युवाको जेठ १० गते राति लखनउ आसपास मृत्यु भएको थियो । उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।
आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई छ । उनि भारतको गुजरातबाट नेपाल फर्कदै गरेको क्रममा बाटोमा मृत्यु भएको थियो । उनको शवसँग हेलमेल भएका ९ जनाको स्वाबको रिपोर्ट भने अझै नआए सकेको पौडेलले बताउनुभयो ।
