
पूर्णपुष्टि, माघ २०
उदयपुरमा ३ एमाले कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ एमाले युवा कर्यकर्तालाई बिहिबार विहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, जिल्ला अध्यक्ष भुवन दाहाल र जिल्ला सचिवालय सदस्य अश्विन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुले गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका थिए ।

डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।

