Friday, October 4News That Matters

उदयपुरमा पहिलोपटक बालनाटक प्रतियोगिता, गरिमा बनिन् प्रथम, अन्तराष्ट्रिय बालनाटक महोत्सवमा सहभागिताका लागि १४ छानिए

पूर्णपुष्टि/उदयपुर, फागुन १ गते

-उदयपुरमा पहिलोपटक मंगलबार भएको बाल नाटक प्रतियोगितामा सगरमाथा मोडेल स्कूल, गाईघाटकी छात्रा गरिमा तिम्सिनाले उत्कृष्ठ कला प्रदर्शन गरी प्रथम भएकी छिन् । उनले सपनाहरु शिर्षकमा प्रस्तुत गरेको नाटकीय कलाले निर्णायकको मत खिचेको थियो भने दर्शकहरुको मन जितेको थियो । उनले नाटकमा आमा–छोरीबीचको सम्बन्ध, माया र गुडियासंग रमाएको अभिनय देखाउदै बालभाव, बाल मनोविज्ञान, बाल चेतना, बालसुलभता जस्ता विषयलाई जस्ताको तस्तै दर्शाएका थिए ।

गाईघाट स्थित सिटिहलमा भएको बिद्यालय स्तरीय बाल नाटक प्रतियोगितामा जनज्योती मावि चुहाडेका दिपेन्द्र फुयल दोस्रो, क्यानभास एकेडेमी गाईघाट समुह तेस्रो भएको थियो भने सगरमाथा मोडेल स्कुलकी निवेदीता तिम्सिनाले सान्त्वना पाएका थिए । प्रतियोगितामा विजयहुने बालकलाकारहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस अलवा विभिन्न सात विद्यालयबाट एकल तथा सामुहिकरुपमा प्रस्तुत नाटकका अन्य दशजना बालबालिका उत्कृष्ट बालकलाकार घोषित भएका छन् । बसन्त तामाङ, पवन विष्ट, एलिना राई, अप्सरा खतिवडा, रस्मीता गुरागाई, प्रोहेम्स भुजेल, जेनिशा खड्का, गोपा पोखरेल, हृदय बानिया र फुलकुमारी चौधरी रहका छन् ।

त्यसैगरी उत्कृष्ट निर्देशकहरुमा जनज्योती मावि चुहाडेका शिक्षक किर्तीबहादुर खड्का, जनप्रेमी आधारभूत विद्यालय
बगाहाका उद्धव घिमिरे र त्रियुगा मावि गाईघाटका रविन खड्का भए ।

थिएटर नेपाल, उदयपुर र टालाटुली नाटक पाठशाला उदयपुरको आयोजनामा भएको प्रतियोगिताका निर्णायक कलाकार/नाटककारद्वय गोठकृष्ण ठकुरी र प्रेम मगर रहेका थिए ।

नाटकमा बालबालिकालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका उत्कृष्ठ छनौट १४ बाल कलाकारहरुलाई आगामी जेठमा काठमाडौंमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागि गराईने थ्रिएटर नेपाल तथा बालनाट्य पाठशाला टालाटुलीका प्रमुख निर्देशक गोपाल कृतिले बताउनुभयो । महोत्सवमा सहभागि गराउन अघि उनीहरुलाई एकमहिनाको निःशुल्क तालिम पनि दिइने प्रशिक्षकसमेत रहेका कृतिले बताउनुभयो ।

त्रियुगा नगरपालिकाकी उपमेयर देवी चौधरीको प्रमुख आतिथ्य र थिएटर नेपाल, उदयपुरका अध्यक्ष दिलिपजंग राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न अग्रज साहित्यकार, कलाकार, पत्रकार, शिक्षक/शिक्षिका र दर्शकहरुको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले जिल्लामा पहलोपटक आयोजना भएको वालनाटक प्रतियोगिता आफैमा सुनौलो सुरुवाती भएको र यसका लागि नगरपालिकाबाट बजेट छुट्याएर निरन्तरताका लागि सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य वक्ताहरुले उदयपुरको रंगमञ्चीय यात्रा अवका दिनमा सुनौलो हुने संकेत मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0