Thursday, April 24News That Matters

उदयपुरमा प्रथम जिल्ला स्तरिय महिला (डबल) ब्याटमिन्टन प्रतियोगिता सुरु

पूर्णपुष्टि, पुष २२ । उदयपुरमा जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याटमिन्टन प्रतियोगिता २०८१ सुरु भइरहेको छ । सोमबार महिला सशत्तिकरण स्रोत केन्द्रको आयोजना तथा जिल्ला ब्याटमिन्टन संघ उदयपुरको सहकार्यमा बोक्से स्थित कबड हलमा एक दिने प्रतियोगिता संचालन गरिएको हो ।

महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुरका संयोजक सुजता सुवेदीका अनुसार जिल्लाको महिलाहरुलाई खेलकुदद्धारा सशक्त्तिकरण तथा प्रोत्साहन गर्ने उदेश्य सहित एक दिने प्रतियोगिता आयोजना गरिएको हो । उदयपुर जिल्लामा पूरुष ब्याटमिनटनमा धेरै प्रतियोगिताहरु भएतापनि महिला ब्याटमिनटनमा प्रतियोगिताहरु नभएको कारण महिलाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गराईएको संयोजक सुवेदीले जनाए ।

यस प्रतियोगिताको प्रथमले नगद रु.१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । द्धितियले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने तृतियले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ ।