Wednesday, January 14News That Matters

उदयपुरमा प्रथम महिला मोटरसाईकल यात्रा (फोटो सहित)

गाईघाट÷पूर्णपुष्टि, पौष १५ । उदयपुरमा महिला सशक्तिकरणका लागी प्रथम महिला मोटरसाईकल यात्रा सुरु भएको छ । मंगलबार महिला बाइक राईडर उदयपुरको आयोजना तथा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको सहकार्यमा गाईघाटदेखी बेलका कोशी पुल सम्मको मोटरसाईकल यात्रा सुरु भएको हो ।

कोशी प्रदेश सभाका उप–सभामुख सिर्जना दनुवारले मोटरसाईकल यात्राको सुभारम्भ गर्दै महिलाले स्कुटर र पुरुषले मोटरसाईक नै चालाउने हो भन्ने सोच अझै हाम्रो समाजमा रहेको बताउनुभयो । समाजमा महिला र पुरुषमा रहेको विभेदलाई अन्त्य गरेर समानता ल्याउनका लागी यस मोटरसाईकल यात्राले केही महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

महिला बाइक राईडर उदयपुरका संयोजक रमा मगरले महिला सशक्तिकरणका लागी महिला मोटरसाईकल यात्रा सुरु गरिएको बताएकी छिन् । महिलाहरुले मोटरसाईकल चलाउँदा महिलाहरुको लागी स्कुटर बनाईएको भन्ने समाजको सोचाइलाइ महिलाहरुले पनि पुरुष सो सरह नै गर्न सक्ने भन्ने सन्देश दिनको लागी मोटरसाईकल यात्रा आयोजना गरिएको बताइन् । यस यात्रामा जिल्लाको विभिन्न पालिकाबाट १९ जना महिला राइडरले सहभागीता जनाएको संयोजक मगरले बताईन् । उनका अनुसार मोटरसाईकल यात्राको बिचमा अझै राईडरहरु जोडिने छन् ।