
पूर्णपुष्टि,असार २९ । जिल्लाको त्रियुगा नगरपालिका-१० बोक्से (खशीबजार)मा ‘प्रथम सेभेन ए साईड भरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ नयाँ बस्ती फुटबल क्लबको आयोजनामा शुक्रबार देखि झरी च्यालेन्ज फुटबल कप सुरु भएको हो ।
आजबाट सुरु भएको उक्त कपको उद्घाटन त्रियुगा नगरपालिका वडा नम्बर १०का वडाअध्यक्ष किरण पाण्डेले गरेका थिए । नयाँ बस्ती फुटबल क्लबका अध्यक्ष हेम राईका अनुसार यस कप आगामी साउन १४ गतेसम्म संचालन हुने जनाएको छ । त्रियुगा नगरपालिका अन्तरगतका बिभिन्न १६ वडाका टिमहरुले प्रतियोगितामा सहभागिता जनाएको छ ।
प्रतियोगिताको उपाधी टिमले नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टिमले नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।
