Sunday, March 16News That Matters

उदयपुरमा प्रहरीद्धारा गाँजा खेती नष्ट

पूर्णपुष्टि, असोज २७ । उदयपुरको दुई स्थानमा लगाईएको गाँजा खेती प्रहरीले फडानी गरेको छ । जिल्लाको बेलका नगरपालिका र ताप्ली गाउँपालिकामा लगाईएको प्रतिवन्धित गाँजा खेती प्रहरीले नष्ट गरेको कोशी प्रदश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार बेलका–७ मैनांमैनीको बिभिन्न स्थानको ६ कठ्ठा जग्गामा लगाईएको गाँजाको बोट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले नष्ट गरेका हुन् । त्यस्तै ताप्ली –२ स्थितका बिभिन्न एरियामा लगाएको गाँजा खेती समेत नष्ट गरिएको डिएसपी दाहालले बताए । प्रहरीले करिब ६२ हजार १ सय ५० गाँजाको बोट नष्ट गरेको उनले जनाए ।