Saturday, April 26News That Matters

उदयपुरमा प्रहरीद्धारा १ सय ८० केजी गाँजा बरामद

पूर्णपुष्टि, बैशाख १ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी किनारबाट प्रहरीले बेवारिसे १ सय ८० केजी गाँजा बरामद गरेको छ । सोमबार बिहान करिब १ ५० बजेको समयमा ६ वटा प्लास्टिकको बोरामा प्याक गरेर लुखाई राखेको अबस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहर नाथ योगीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा सुरक्षित रूपमा राखिएको छ भने घटनासँग संलग्न व्यक्तिहरुको खोजीलाई अगाडि बढाइएको एसपी योगिले बताए ।