Monday, February 17News That Matters

उदयपुरमा प्रहरीद्धारा ६७ हजार गाँजाको बोट नष्ट

पूर्णपुष्टि, पुष २६ । उदयपुरमा प्रहरीले ६७ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी निरीक्षक सुमन बानियाको नेतृत्वको १७ सदस्यीय (एलआरपी) टोलीले पौष १९ देखि २५ गतेसम्म गाँजाको बोट फडानी गरेको हो ।

प्रहरीले लिम्चुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा उम्रेका र अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फडानी गरेको जनाएको छ । अभियानका क्रममा प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिकहरूसँग शान्ति सुरक्षाको अवस्थाबारे छलफल गरेको छ ।

यस क्रममा सुरक्षा चुनौती र प्रहरी सेवाको प्रभावकारिताबारे पनि पृष्ठपोषण लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस क्षेत्रमा गाँजाको खेती र यसको अवैध कारोबार नियन्त्रणका लागि नियमित अनुगमन र कारबाही जारी रहनेछ ।