
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा विङ्गर गाडीबाट बरामद भएको वेवारिसे अन्दाजी ८५ किलोग्राम प्रतिबन्धित मुङ्ग्री जातको माछा प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार राती साढेँ ८ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ६ जलजले स्थित चेक पोष्टमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना.१ ज. ७४३९ नं. को विङ्गर गाडीमा वेवारिसे अवस्थामा रहेको प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको हो ।
बरामद गरिएको मुङग्री माछा मंगलबार जिल्ला प्रशासन कार्यालका प्रतिनिधि, भेटेरिनरी अस्पताल पशु विज्ञ सेवा केन्द्रका प्रतिनिधि र स्थानीय मानिसको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।