
पूर्णपुष्टि, साउन ७
उदयपुरको ताप्ली गाउँपालिकामा कोरोना संक्रमित एक पुरुषको ज्यान गएको छ । ताप्ली गाउँपालिका वडा नम्बर ५ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
ताप्लीमा कोरोनाबाट मृत्यु भएको यो नै पहिला घटना रहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । ७८ वर्षीय वृद्धको कट्हरे आइसोलेसन ताप्लीमा उपचारको क्रममा ज्यान गएको जिल्ला स्वास्थ्या कार्यालय उदयपुरले जनाएको छ ।
