
पूर्णपुष्टि, माघ २२
नेकपाले देशव्यापी रुपमा गरेको आमहट्तालको असर उदयपुरमा पनि देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधप–प्रचण्ड समूहले बिहानै बाट बजार, पसल, यातायात, खाद्यन्न लगाएत पूर्ण रुपले ठप्प पारेको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीको सवारीहरु ठप्प छ । बिहानै बाट माधप–प्रचण्ड समूहको कार्यकर्ताहरु रोडमा परिचालित भएको छ । बन्दमा मोटर साईकल बाहेकका सवारीहरु ठप्प पारिएको जनाएको छ । अत्यावश्यक सवारी बाहेक अन्यलाई भने पुरै ठप्प पारिएको जनाएको छ ।
उदयपुरको मुख्य सहर सदरमुकाम समेत रहेको गाईघाट बजार कटारी, बेल्टार र रामपुर लगायत बजारहरु बन्द रहेको छ । गाईघाट बजार आसपास, जलजले, देउरी, चुहाडे, राजावास, बगाहा, मोतीगडा एरियाहरुलाई पनि पूर्ण निगरानीमा राखिएको छ ।
यसैगरी विद्यालय, सरकारी कार्यालय, संघसंस्था र बैँकहरु पनि ठप्प पारिएको छ । औषधी पसल, चिया पसल र फाट्फुट्ट रुपमा होटलहरु भने खोलिएको छ ।
बन्दका कारण यात्रु, सर्वसाधरण, ब्यापारी, विद्यार्थी, सरकारी कामहरुमा ठुलो असर पुगेको छ ।


