Monday, August 10News That Matters

भाटभटेनीका संञ्चालक गुरुङलाई २ करोड धरौटीमा छाड्न अदालतको आदेश

पूर्णपुष्टि, माघ २१

बिशेष अदालतले २ करोड धरौटीमा भाटभटेनी सुपर मार्केटका संञ्चालक मिनबहादुर गुरुङलाई छाड्न आदेश दिएको छ । ललितानिवास जग्गा हिनामिनाको अभियोगमा गुरुङबिरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।व्यवसायी गुरुङमा जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालतमा भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।