
पूर्णपुष्टि, माघ २१
नेकापा प्रचण्ड–माधव समूहले गाईघाटमा भोली हुने नेपाल बन्द आम हड्तालको समर्थनमा बुधबार बेलका राँके जुलुस प्रदर्शन गरेको छ । गाईघाटको टाउन होटल देखि पिपलचोक सम्म विरोध केपी ओलीको मुर्दावाद नारामा सहित राँके जुलुस प्रदर्शन गरेको हो ।
केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन प्रति चर्को विरोध गर्दै भोली हुने बन्द सफल पार्न राँके जुलुस प्रदर्शन गरिएको हो । जुलस प्रदर्शनमा सहभागी भएका नेकपाका नेता तथा प्रचण्ड–माधव समूह उदयपुरका संयोजक ईश्वरमणी राउतले केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र स्वइच्छाचारीको अन्त्य गर्न भोली हुने बन्दलाई सबैले समर्थन गर्न अनुरोध गरेको छ ।
यो सरासर नेपाली जनताहरुमा धोका हुने काम भएको भन्दै यसलाई सच्याउनको निम्ति आफुहरुले सडक बाटै अनुरोधका लागि यो कदम चाल्नु परेको राउतले बताए ।
सो समूहकै अर्का नेकपा नेता किरण राईले प्रधानमनत्रीको असंवैधानिक कदमको बिरोध गर्दै भोली नेपाल बन्द गर्न लागिएको बताए । राईले ओलीको मनपरी नचल्ने र असंवैधानिक कदमलाई तत्काल सच्याउन अनुरोध गर्दै भोलीको नेपाल बन्द भव्य रुपमा सफल पार्ने बताउनुभयो ।
राईले भोली सम्पूर्ण नेकपाका जिल्ला नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिमा बन्द सफल हुने बताउनुभयो । राईले भोली गर्न लागिएको अचानक बन्दलाई सबै व्यापारी व्यवसयायीहरुलाई जानकार हुने गरी बुधबार साँझ राँके जुलुस गरिएको बताउनुभयो ।
प्रदर्शनमा केपी ओली मुर्दावाद, असंवैधानि नियुक्ति ख्यारेज गर, भोलीको बन्द सफल पारौँ भन्दै नारा जुलुस लगाएका थिए ।
