उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ ५ । उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रि.न.पा–१२ बस्ने ३१ बर्षीय भोज कुमार बोटे, त्रि.न.पा–१३ बस्ने २३ बर्षीय रोनिस ठटाल, त्रि.न.पा–१३ बस्ने २६ बर्षीय रोयल राई र त्रि.न.पा–१० बस्ने २९ बर्षीय गणेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक रोशन थापाका अनुसार बिभिन्न मितिमा जिल्ला अदालतबाट फैसला भई जरिवाना भएका ४ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला अदालतले २०७८।०९।०६ गते बन मुद्धामा १८ हजार १ सय ३० रुपैँया जरिवाना तोकेतापनि बोटे फरार रहँदै आएका थिए । गाउँ घरमा लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा त्रियुगा नगर प्रहरी कार्यालयबाट खटिएको प्रनानि सहितको प्रहरी टोलीले बोटेलाई मंगलबार साझँ ५ बजे घरबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध मुद्धामा २०७४।१२।१८ गते जिल्ला अदालतले २ हजार जरिवाता तोकेको ठटाल, २०७४।१२।१८ गतेको फैसलाले २ हजार जरिवाना तोकेको राई र २०७५।०३।१४ गतेको फैसलाले २ हजार जरिवाना तोकेका भुजेललाई मंगलबार त्रियुगा नगर प्रहरी कार्यालयबाट खटिएको प्रनानि सहितको प्रहरी टोलिले पक्राउ गरेको प्रहरी निरिक्षक थापाले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयको लगी जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0