
पूर्णपुष्टि, बैशाख ११ । उदयपुरमा एक बाख्रा फममा आगलागी भएको छ । जिल्लाको बेलका नगरपालिका वडा नं ५ घुम्ने बस्ने २९ बर्षीय सन्तोष मगरको काठ टाटिबेराले बनेको फुसको छानो भएको बाख्रा फममा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राजन चापागाइका अनुसार सोमबार दिउँसो १ बजेको समयमा बाख्रा फममा जंगलबाट आएको डढेलोबाट फममा आगो सल्कन गई पुर्णरुपमा जलि नष्ट भएको हो । फममा आगलागीबाट ३ लाख बराबरको क्षती भएको र मानवीय तथा चौपायामा क्षति नभएको डिएसपी चापागाईले बताए । उक्त आगलागी प्रहरी चौकी लालबजार उदयपुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानिय बासिको सहयोगमा दिउँसो ४:५० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
