Wednesday, June 10News That Matters

उदयपुरमा बालबिकास केन्द्रकी १५ शिक्षिकाहरुलाई सिकाई उपलब्धी तथा खेलौना निर्माण तालिम

पूर्णपुष्टि, फागुन ११ । उदयपुरमा बालविकास केन्द्रका १५ जना शिक्षिकाहरुलाई सिकाई उपलब्धी समिक्षात्मक बैठक सँगै खेलौना निर्माण तालिम उपलब्ध गराईएको छ । बिहिबार गाईघाटमा हुरेण्डेक उदयपुरको आयोजना तथा द लेगो फाउण्डेसन र वल्र्डभिजनको आर्थिक सहयोगमा जिल्लाका ६ ओटा पालिकामा आबद्ध ECD का शिक्षिकाहरुलाई समिक्षात्मक बैठक सँगै तालिम सिकाईएको हो । बालबालिकाहरुको गुणस्तर शिक्षा र बौद्धिक बिकासलाई प्रभावकारी बनाउने भन्दै शिक्षिकाहरुलाई शिक्षा सिकाई उपलब्धीमा जोड गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

पढाईको लागि थेउरीमा मात्र बालबालिकाहरुलाई सिमत राख्न नहुने उनिहरुको बौद्धिक बिकासमा समेत सकरात्मक प्रभावका लागि म्याथोड सहितको प्राक्टीकली सिकाई आजको मुख्य आवश्यक रहेको राष्ट्रिय सेतो गुँरासकी राष्ट्रिय प्रशिक्षक भिमा राईले जनाईन । राई बिगत २४ बर्षदेखी सामाजिक संस्थामा आबद्ध रहेकी छिन् । हाल यस तालिममा शिक्षिकाहरुलाई मेटिरियल डेभलोप तालिम अन्तरगत खेलौना निर्माणमा जोड दिईरहेको जनाईएको छ । बालवालिकाहरुलाई मेथोडको आधारमा व्यवारिक शिक्षा दिँदा उनिहरुको बुझाई र बौद्धिकतामा सकरात्मक छाप बस्ने र बुझ्न सजिलो हुने जनाईएको छ । खेलौना र कार्ड मार्फत बच्चाहरुलाई शिक्षा प्रदान गर्न पहिले शिक्षिकाहरुले जान्न जरुरी रहेको भन्दै उक्त तालिमको आयोजना गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ ।

बच्चाहरुका लागि खेलमै शिक्षा जोड्ने खेलौनाहरु निर्माण गरी पढाईमा परिणत गर्नुपर्ने तालिममा भनिएको छ । उनिहरुका लागि बिभिन्न अक्षरमा खेलौना, कार्डमा भौतिक बस्तुको चित्रहरु समावेश गरी तालिम गराईरहेको छ । यस तालिममा शिक्षिकाहरुलाई ६ ओटा मुख्य शिर्षक र २७ ओटा उपशिर्षक आसापस रहेर खेलौना निर्माण गराईएको छ । जसमा २६ ओटा वस्तुहरु निर्माण गर्नुपर्ने छ भने ९ ओटा निर्माण गरिसकेको अवस्था छ । पाठ्यपुस्तकमा २७ ओटा बिषयहरु रहेपनि अबिभावक, शिक्षकहरुको आआफ्नै धारणका कारण बालबालिकाहरुमा शिक्षाको असर देखिएको पनि प्रशिक्षक राईले सुनाईन् ।

नेपाल सरकारले तोकेको ६ ओटा क्षेत्र मध्य अबिभावक र शिक्षकको आआफ्नै धारणका कारण यता बालविकाहरुमा भने शिक्षाको नकरात्मक असर पर्ने तालिममा छलफल समेत भएको छ । हेडमास्टरको एउटा निर्देशन, गाउँपालिकाको अर्को निर्देशन शिक्षकको अर्को र अबिभावको अर्के गर्दा सबैको आआफ्नो मनस्तीतका कारण पनि बालवालिकाहरुले सहि शिक्षा पाउन बन्चित रहेको निष्कर्ष रहेको छ । नेपाल सरकारले ल्याङग्योज, म्याथ, क्रियटीभटी, रोल प्ले, साईन्स र कन्ट्रक्सन लगायतमा पठनपाठको लागि निर्देशन गरे पनि अबिभावकहरु अंग्रेजी राम्रो होस भन्नका लागि बोर्डिङ सिस्टमले लैजान खोज्ने पाईएको छ । यता विद्यालयले सामाजिक क्षेत्र मात्रै हेर्ने जस्ता कार्यले ब्यावाहरिक शिक्षामा बालबालिकाहरु पछि परेको बताईएको छ ।

यसका लागि सबै पक्षहरुले सहि निर्णयका साथ सरकारको निर्देशन अनुरुप पठनपाठनमा लाग्नु पर्ने छलफल भएको छ । उक्त तालिम उज्यालो बाल्यकालको लागि समावेशी र सकरात्मक अविभावकत्व परियोजना (IPP FOR BC) अन्तरगत रहेको कार्यक्रम परियोजना अधिकृत तुला अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रम बालबालिकाहरुको प्रभावकारी शिक्षा र बौद्धिक बिकासका लागि हुरेण्डेक उदयपुर र लेगो फाउन्डेसनको संयुक्त साझेदारीमा संञ्चालन रहेको जनाए । हाल उदयपुरको चौदण्डीगढी र बेलका बाहेक ६ ओटा पालिकाहरुको १७ ओटा वडामा संञ्चालन रहेको अधिकारीले जनाए । जसमा ३६ ओटा ( go baby) समुह, २० ओटा (ECD) स्कुल बालकेन्द्रका शिक्षिकाहरुलाई तालिम तथा परामर्श जस्ता कार्यक्रमहरु परियोजना भित्र रहेको अधिकारीको भनाई छ । १० ओटा स्थानमा भने खेलौना निर्माण तालिम समेत सम्पन्न भैसेको जनाईएको छ । go baby अन्तरगत गर्भवस्था देखी ६ बर्ष सम्मकालाई बाल स्याहार सुसार बारे सिकाईने जनाईको छ ।

तालिममा सहभागी रौतामाई गाउँपालिका ७ की नारायणी कुमारी कार्कीले यस तालिमले आफुलाई ब्यवाहारिक शिक्षामाका लागि महत्वपूर्ण बुझईमा सहयोग पुराएको जनाइन् । उनले तालिम निकै प्रभावकारी र सिकाईको उपलब्धी उदेश्य पुरा गर्ने खालको रहेको जनाईन् । उनले यस्ता तालिमहरु अबिभावहरुमा समेत आवश्यक रहेको समेत सुझाईन । साथै शिक्षिकाहरुलाई  पटक पटक तालिम जरुरी रहेको भन्दै संघ संस्थाले मात्रै नभई स्थानीय सरकारका पालिकाहरुले पनि उपलब्ध गराउनु पर्ने उनीले माग गरिन् । सहभागीहरु सबैले आफुलाई सक्षम बनाए र सिकाईका नयाँ तरिकाहरु बारे बुझाए आफ्नो बालबालिकाहरुलाई पनि मज्जाले बुझाउन सक्ने भन्दै थप तालिमको माग रोखेको छ । उक्त कार्यक्रममा अनुगमनका लागि काठमाण्डौँ युनिभर्सिटी धुलिखेल हस्पिटलका अनुसन्धान बिभागका समिप पाण्डे पनि सहभागी रहेका थिए । उक्त ३ दिने तालिमाको उद्घाटन तथा समापन हुरेण्डेक उदयपुरका अध्यक्ष संखर बहादुर थापाले गरेका थिए ।