Tuesday, January 13News That Matters

उदयपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रध्यानध्यापक पक्राउ

पूर्णपुष्टि, भदौ १६ ।
उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगा स्थित हिमशिखर सामुदायिक इईङ्लिस बोर्डिङ स्कुलका प्रध्यानध्यापकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान १० बजेर ४५ मिनेटको समयमा शिवालय टोल बस्ने ४७ बर्षीय प्रध्यानध्यापक युवराज श्रेष्ठले सोही स्कुलमा अध्ययनरत एक १६ बर्षीया बालिकालाई कार्यालय कोठामा जबरजस्ती करणी गरेका थिए ।

पिडित बालिकाको भाउजुले आईतबार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा प्रध्यानधयापक श्रेष्ठ विरुद्ध लिखित जाहेरी दरखास्त दिएपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।