उदयपुरमा बिमा सम्बन्धी सचेतना कार्यक्रम तथा अन्तरक्रिया

पूर्णपुष्टि, असार ६
उदयपुरमा राष्ट्रिय विमा समितिले जनप्रतिनिधिहरुसित बिमा सम्बन्धी सचेतना कार्यक्रम तथा अन्तरक्रिया गरेको छ । स्थानीय निकाय, सरोकारवाला, उद्योग वाणिज्य संघ  र बिमा कम्पनी गाईघाट शाखाहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । स्थानीय सरकारहरु सँग बिमा सम्बन्धीत थुप्रै बजेट तथा कार्यक्रमरु हुने र त्यस सम्बन्धि निति कार्यक्रम तथा प्रक्रियाहरुबारे सचेत गराउन उक्त कार्यक्रम गरिएको हो ।
सोमवार गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा त्रियुगा नरपालिकाका मेयर बसन्त वस्नेत लगायत वडाअध्यक्षहरु सहित उदयपुर शाखाका बिमा कम्पनी र सरोकारवालाहरुले गुणासो सहितको अन्तरक्रिया चलाएको हो ।

अन्तरक्रियामा मेयर वसन्त वस्नेतले बिमा बारे सचेत मात्र नभई कम्पनीले बिमा समिति तथा कम्पनीहरुले प्रक्रियालाई झन्झट रहित बनाउनु पर्ने जनाए । आज बिमा मानिसको मात्रै नभई पशु, कृषि, व्यापार व्यवसाय सबैको हुने भएको हुँदा यसको प्रक्रिया र नितिहरु सहज वनाउन विमा समितिहरु लागि पर्नु पर्ने जनाए । गाईघाटमा जिवन विमा र निर्जिवन विमा गरी २६ बिमा कम्पनीहरु रहेको अवस्था छ । यस मध्ये १८ ओटा जिवन विमा र ८ ओटा निर्जिवन विमा गरी २६ ओटा विमा कम्पनीहरु रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले जनाए ।

नेपाल सरकारको बिमा समितिको आयोजनामा भएको उक्त कार्यक्रममा गाईघाटमा रहेको विमा शाखाहरुको समस्याहरु वारे कर्मचारी र अभिकर्ताहरुले समेत भरपुर गुणासोहरु राख्ने अवसर पाएको राईले जनाए । यस्तैगरी एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख बालकुमार राईले यस कार्यक्रममले अझै पनि विमा प्रति भ्रम रहेका कुनै पनि व्यक्तिहरुलाई बिमाको आधिकारिकता बारे प्रष्ट पारेको जनाए । अन्तरक्रियामा बिमाको महत्व र निति निर्माणको बारेमा प्रष्टाईएको थियो । समितिका उप निर्देशक केशव प्रसाद दाहालले यस बारे प्रष्ट पारेका थिए । कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, एसियन लाईफ, शिखर इन्स्योरेन्स लगायत बिभिन्न अन्य कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुको ठुलो संख्यामा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: