Tuesday, June 2News That Matters

उदयपुरमा बुस्टर डोज लगाउने समय र तालिका सार्वजानिक

पूर्णपुष्टि, माघ ३
उदयपुरमा पनि बुस्टर डोजको मात्रा लगाउन जिल्लाको बिभिन्न पालिकाहरुमा समय तालिका तोकिएको छ । पछिल्लो समय कोरोनाको तेस्रो लहरले फेरी संक्रणलाई बढाएको भन्दै अग्रपंक्तिमा खटिने सम्बन्धित व्यक्ति तथा क्षेत्रहरुलाई बुस्टर डोजको मात्रा लगाउन सुरु गरिने भन्दै सयम तालिका तयार पारिएको हो ​।

उदयपुरमा रहेको ४ ओटा गाउँपालिका र ४ ओटा नगरपालिका गरी ८ ओटा खोप केन्द्र तोकेर बुस्टर डोज लगाउने तालिका सर्वाजानिक भएको स्वास्थ्य यकार्यालय उदयपुरले जनाएको छ । कार्यालयले चौदण्डीगढीमा ४ र ५ गते , त्रियुगा नगरपपालिका भवनमा ५ र ६ गते, उदयपुर अस्पताल गाईघाटमा ४, ६ र ७ गते, कटारी नगरपालिकामा ६ र ७ गते बुस्टर डोज लगाउने स्वास्थ्य कार्यालय उदयपुरको पत्रमा उल्लेख गरिएको छ । यसैगरी उदययपुरगण्ढी गाउँपालिका ,६ र ७ गते लगाईने र लिम्चुङबुङ , रौतामाई , र ताप्लीमा भने ९ र १० गते लगाईने कार्यालयले जनाएको छ ।