बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

पूर्णपुष्टि, असोज ८
उदयपुरको बेलका नगरपालिकाले सामाजिक दिवसको अवसर पारेर ३० जना छात्रा विद्यार्थीलाई साईकल उपहार दिएको छ ।
विद्यार्थीहरुको मानोवललाई शिक्षा प्रति प्रेरित गर्न नगरपालिकाले साईकल वितरण गरेको हो । नगरले पहिलो बर्ष पनि साईकल वितरण गरेको थियो ।
नगरभित्र रहेको विद्यालयबाट टाढाका विद्यार्थीहरुलाई सुविधा दिने हिसावले नगरले यो बर्ष ३० जना छात्रहरुलाई साईकल प्रदान गरेको नगर प्रमुख दुर्गा कुमार थापाले बताए ।
आफ्नो नगरभित्र रहेका बिभिन्न विद्यालयहरुलाई करिब २ सय ५५ थान साईकल वितरण गरिसकेको अवस्थामा यो बर्ष पनि बेलका नगरपालिका १ का जनता बेलका माध्यामिक विद्यालयका ३० जना छात्राहरुलाई साइकल उपहार दिइएको नगर प्रमु थापाले बताए ।
बेलका नगरपालिकाका सवै बिद्यालय छात्रामैत्री रहेको र प्राबिधिक शिक्षामा छात्रा छात्रलाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको बताउँदै कृषि शिक्षा ल्याउने अन्तिम तयारी रहेको थापाले बताउनु भयो । त्यस्तै नगरका सबै माध्यमिक विद्यालयमा ईन्टरनेट, इ हाजिरी, सिसि क्यामरा जडान भैसकेको र माध्यामिक बिद्यालयमा पुस्तकालय स्थापना, बिज्ञान प्रयोगशाला स्थापना गरिसकेको तथा बिद्यालयलाई थप प्रबिधिमैत्री बनाउन नगरपालिका लागि परेको मेयर थापाको भनाइ छ ।

कार्यक्रममा नगर उप प्रमुख राज कुमारी चौधरीले विद्यालयलाई व्यवस्थित बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न समाजका सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले किशोरीहरुलाई विविध समस्याका कारण विद्यालय आउन असहज परिस्थिति भएमा सबै पक्षको साथ सहयोगमा बिद्यालय आउने बाताबरण बनाउन सबै पक्षलाई अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: