
पूर्णपुष्टि, बैशाख ३ । उदयपुरमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएको छ । त्रियुगा नगरपालिका वडा नं ९ गैरुन मदन भण्डारी राजमार्गमा बुधबार बिहान बाटो काट्ने क्रममा स ७ प ३०७ नम्वरको मोटरसाईकललाई कटारी तर्फ जाँदै गरेको प्र १–०४–००१ च ०४९२ नम्वरको बोलेरोले ठक्कर दिँदा त्रियुगा नगरपालिका ९ रातमाटेका ५४ बर्षिय पर्लाद खतिवडा घाईते भएको हो ।
खतिवडाको छाति र बायाँ खुट्टामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खतिवडा बालमन्दिर मावि बोक्सेका सहायक प्रधानध्यापक समेत रहेका खतिवडा एकिकृत अखिल नेपाल शिक्षक संघ त्रियुगा नगर कमिटी अध्यक्ष पनि हुन् । पर्लाद खत्री घाईते भएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं ९ गैरुनमा भएको दुर्घटनामा परी खतिवडा घाईते भएको हो । घाईते खतिवडालाई उपचारको लागि बिराट टिचिङ हस्पिटल पठाईए छ भने ठक्कर दिने बोलेरो चालक मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं ६ ठाँढीका २९ बर्षिय भुवन बिक र दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालयमा रहेको छ ।