Sunday, August 9News That Matters

उदयपुरमा ब्राउन सुगर कारोबारी एक महिला सहित ३ जना पक्राउ

पूर्णपुष्टि, मंसिर ६

जिल्ला प्रहरी कार्यालय उदयपुरले ब्राउन सुगर सहित ३ जनालाई आईतबार पक्राउ गरेको छ । एक महिला सहित छुट्टा छुट्टै स्थानबाट ३ जना पक्राउ परेका हुन् । गाईघाटको मेन चोकमा ब्राउन सुगर ल्याई राखेको भन्ने बिषेश सूचनाको आधारमा त्रियुगा नगरपालिका ११ का ३० बर्षिय (जोनसेना) भन्ने सुमन बस्नेत पक्राउ परेका छन् । उनिका साथ बाट ०.२० ग्राम ब्राउन सुगर र ९ हजार ६ सय २० रुपयाँ नगद, स ११ प ६५९६ नम्वरको स्कुटर समेत प्रहरीले बरामद गरेका छन् ।

बस्नेतलाई पक्राउ गरी सोधि खोजी गर्दा त्रियुगा नगरपालिका १४ साउने घर भई त्रियुगा नगरपालिका १२ भाडामा बस्ने पार्वती मगर समेत यस कार्यमा संलग्न भन्ने बुझिएपछि निज मगरको कोठामा खान तलासी गर्दा २०.३४ ग्राम ब्राउन सुगर, ५७ हजार ८ सय नगद र ब्राउन सुगर प्रयोग गर्ने प्लेट, बिलेट, चुरोट, र सिक्का पैसा समेत फेला पारेको हुदा निज मगर समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो । त्यसैगरी सोही दिन ८ः३० बजेको समयमा त्रियुगा नगरपालिका ११ का ३२ बर्षिय नसिब राईलाई पनि १६.३७ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेका छन् । त्रिनपा १३ बरुवा खोलामा लागुऔषाध ब्राउन सुगर ओसारपसार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयको  बिषेश टोलीले राईलाई पक्राउ गरेको हो । निज राईको साथ बाट रु ११ हजार २ सय र स १० प ९५३३ नम्वरको मोटर साईकल समेत बरामद गरेको एसपी दाहालले बताउनुभयो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान गरिरहेको जनाएको छ । उदयपुरमा ब्राउन सुगर निर्मुल तथा नियन्त्रन अभियान अन्तर्गत प्रहरीको बिषेश निगरानीमा हाल सम्म ४५.३६ ग्राम ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिसकेको एसपी दाहालले बताउनुभयो । ब्राउन सुगरको हकमा पनि उदयपुरमा ठुलै मात्रामा कारोबारी र प्रयोगकर्ता रहेको उहाँले बताउनुभएको छ ।

एसपी दाहालका अनुसार प्रति १ डोजको मुल्य १ हजार पर्ने जनाएको छ । हाल सम्म ३२२ डोज अर्थात ३ लाख बढीको ब्राउन सुगर प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।