Sunday, June 28News That Matters

संसद विघटन असंवैधानिक रहेको कानुन व्यवसायीको ठहर

पूर्णपुष्टि, पौष ६

आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन असंवैधानिक रहेको कानुन व्यवसायीहरुले ठहर गरेका छन् । सोमवार नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निर्णय असंवैधानिक हुने व्यवसायीहरुले बताएका छन् ।

उक्त छलफलमा बोल्दै कानुन व्यवसायीहरू युवराज संग्रौला, टीकाराम भट्टराई, शम्भु थापालगायतले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई मान्यता नदिन आग्रह गरेका हुन् ।

कानुन व्यवसायीहरूका कुरा सुनेपछि नेकपा अध्यक्ष प्रचण्डले यसबारे आजै बेलुकीसम्म आफूहरू निर्णयमा पुग्ने बताएका छन् ।

कानुन व्यवसायीहरुले ‘संविधानमा संसद विघटनका केही निश्चित परिस्थिति रहेको बताउँदै अहिले ती कुनै पनि परिस्थिति नरहेको बताएका छन् ।