
पूर्णपुष्टि,पुष ६
आज सुनको भाउ बढेको छ । हिजो तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो । चाँदी तोलामा ४० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
