
पूर्णपुष्टि, पुष ६
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उपाध्यक्षसरह व्यक्तिको रुपमा रहेको बताउनुभएको छ ।
दोस्रो अध्यक्ष भनेकै उपाध्यक्षसरह हुने भएकाले पनि मलाई कार्वाही गर्ने कुनै अधिकार नरहेको र कार्वाही गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
ओली समूहपक्षीय छलपलमा सहभागी एक सांसदका अनुसार ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने समेत दाबी गरेको बताउनुभयो ।
‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो । त्यो भनेको उपाध्यक्षसरहको हो । अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै सांसदले भन्नुभयो ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताउनुभएका थिए ।
आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
