Thursday, April 23News That Matters

उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

पूर्णपुष्टि, बैशाख १० । उदयपुरको बेलका नगरापलिका–१ आम्बासी स्थित रुपनगर–चतारा सडक खण्डमा लागूऔषध सहित मोटरसाईकलमा सवार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आर्जु राई र श्याम कुमार कार्की रहेको जिल्ला प्रहरी कार्याल्य उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बेलुका करिब ८ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा पछाडि सवार श्याम कुमार कार्कीको साथबाट १५५ मिलिग्राम तौल रहेको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएसँगै मोटरसाइकल सहित उनिहरुलाई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।