उदयपुरमा ब्राउन सुगर सहित २ भारतीय नागरीक पक्राउ

पूर्णपुष्टि, कार्तिक १५ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सुपौलका २७ बर्षिय जसबिन कुमार मण्डल, बिरपुर थाना–१२ का २७ बर्षिय सन्तोष कुमार महतो रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार मंगलबार राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१० गैरुन कालीखोला स्थितबाट उनिहरुलाई लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

कालीखोलाको नजिकै रोकेर राखेको BR 11PB 1355 नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार बरामद भएसँगै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0