Saturday, May 17News That Matters

उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

पूर्णपुष्टि, चैत्र १० । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने ३७ बर्षीय रत्न भन्ने रोहित चौधरी र ३१ बर्षीय नागेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिप्रका उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार आईतबार बिशेष सुचनाको आधारमा जिप्रका उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा न. ५ विलाउने स्थितमा सप्तरी बाट गाइघाट तर्फ आउँदै गरेको प्र.२–०१–००२ प ७८६३ नं को मोटरईकलमा सवार उनिहरुलाई चेक जाँच गर्ने क्रममा ३.६९ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरेको हो ।

ब्राउन सुगर बरामद भएसँगै मोटरसाईकल सहित चालक रत्न चौधरी र नागेश्वर चौधरीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रकाउ परेका दुबैजनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।