उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जना पक्राउ

पूर्णपुष्टि, माघ २७ । उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २४ दिपेश राई र बेनपा–९ बस्ने ३० बर्षीय भुपेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार शुक्रबार ईप्रका रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले अन्दाजी दिउँसो साढेँ १ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दिपेश राईको घरमा खानतलासी गर्दा लोड गरी राखेको अवैध भरुवा बन्दुक थान १, बन्दुकमा लाग्ने बारुद, प्रतिबन्धित लागू औषध ट्रामाडोल १२ चक्की, गाजाँ ५१० ग्राम समेत फेला पारी भुपेन्द्र राई समेतलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई ईप्रका रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
1
+1
1
+1
0